गेट तोडेर सिंहदरबारभित्रै छिरे प्रदर्शनकारीहरू, प्रधानमन्त्री कार्यालय तोडफोड

२०८२ भदौ २४ गते

गेट तोडेर सिंहदरबारभित्रै छिरे प्रदर्शनकारीहरू, प्रधानमन्त्री कार्यालय तोडफोड

काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार अपरान्ह मुल गेट तोडेर प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेको सिंहदरवारमा तैनाथ एक सुरक्षाकर्मीले वाणिज्यपोष्टलाई जानकारी दिए ।

 

Advertisement:

Ad
Ad

अपरान्ह १ बजेर ४५ मिनेट जाँदा उनीहरू गेट फोडेर सिंहदरवार प्रवेश गरेका हुन् । प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्दै प्रवेश गरेका उनीहरु अहिले तोडफोडमा उत्रिएका छन् ।सिंहदरवार पस्ने क्रममा सुरक्षाकर्मीको गोली लागि एक जना घाइते भएको र उपचारका लागि सिभिल अस्पताल लगिएको बताइएको छ ।