आज संसद बैठक बस्दै, कुन कुन मन्त्रीले आज के पेश गर्दैछन् ?

२०८३ असार १४ गते

आज संसद बैठक बस्दै, कुन कुन मन्त्रीले आज के पेश गर्दैछन् ?

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 

 

Advertisement:

Ad
Ad

प्रधानमन्त्री बालेन शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको वैसट्टिऔं वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने छन् र प्रधानमन्त्रीको तर्फबाट मन्त्री पुनले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

 

यसैगरी, अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।  अर्थमन्त्री वाग्लेलले ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने छन् । 

 

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने ‘सहकारी(पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।