२०८३ साउन १० गते
काठमाडौँ । साउन १० गते आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य दुई लाख ८५ हजार ५०० रुपैयाँ कायम रहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेर आज प्रतितोला चार हजार ४१० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया