२०८२ चैत २८ गते
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ को कार्यकारिणी समितिको बैठक स्थगित भई नयाँ मिति तय गरिएको छ।महासंघले यसअघि आज शनिबारका लागि कार्यकारिणी समितिको सोह्रौं बैठक आयोजना गर्ने तय गरेको थियो।
तर उच्च अदालत पाटन बाट ६०औं वार्षिक साधारण सभा स्थगन गर्न अन्तरिम आदेश जारी भएपछि बैठक सारिएको हो।
महासंघको बीसौं पदाधिकारी समिति बैठकले कार्यकारिणी समितिको बैठक आगामी २०८३ बैशाख ९ गते बुधबारका लागि तय गर्ने निर्णय गरेको जनाएको छ।
उच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न आदेश दिएपछि अहिले तारन्तार बैठक चलिरहेको छ । बिहिबार बेलुका उच्च अदालत पाटनका न्यायाधीश द्वय पाटनका न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको इजलासले महासंघको नाममा अन्तरिम आदेश जारी गर्दै वार्षिक साधारणसभा सहितको चुनाव रोक्न आदेश दिएपछि बैठकका श्रृङ्खला सुरु भएका छन् ।
महासंघको साधारणसभा चैत २९ र ३० गतेका लागि तोकिएको भएपनि नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले साधारणसभा स्थगितको माग गर्दै मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले बिहिबार अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया