रास्वपा र राप्रपाले आज पनि संसदमा विरोध कायमै राख्ने

२०८२ असार ०५ गते

रास्वपा र राप्रपाले आज पनि संसदमा विरोध कायमै राख्ने

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आफूहरूको विरोध कायमै राख्ने भएका छन् । 

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफूहरूको माग सम्बोधन नभएकाले अवरोधलाई कायमै राख्ने बताएका हुन् ।

Advertisement:

Ad
Ad

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् ।