संवैधानिक दायरामै रहेर समस्याको निकास दिने प्रयत्नरत छु : राष्ट्रपति पौडेल

२०८२ भदौ २६ गते

संवैधानिक दायरामै रहेर समस्याको निकास दिने प्रयत्नरत छु : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भन्ने कुरामा आफूले विचार, विमर्श र हरप्रयास गरिरहेको बताएका हुन् ।

Advertisement:

Ad
Ad

उनले मुलुकमा कसरी लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न सकिन्छ भनेर विचार विमर्श गरिरहेको पनि उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकको माग संशोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन विज्ञप्तिमार्फत आग्रह समेत गरेका छन् ।