२०८२ माघ १३ गते
काठमाडौँ। मंगलबार सेयर बजार उच्च अंकले ओरालो लागेको छ। यस दिन नेप्से परिसूचक ४२.५८ अंक घटेर २७२६.५१ विन्दुमा बन्द भएको हो।
आज बजारसँगै कारोबार रकम पनि घटेको छ । यस दिन ३३३ स्टकको करिब १४ अर्ब १६ करोड रुपैयाँबराबरको सेयर कारोबार भयो।
सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी ८.५६ प्रतिशत बढ्दा ओम मेगाश्री फर्मास्यूटिकल्स सबैभन्दा धेरै ६.९३ प्रतिशतले घट्यो। यस दिन कारोबार रकमको आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो।
मंगलबार १३ उपसमूहमध्ये १२ उपसमूह ओरालो लाग्दा वित्त उपसमूह सबैभन्दा बढी घटेको छ।
प्रतिक्रिया