दोहोर्याएर १२ कक्षाको मार्कसिट दुताबासमा बुझाउँदा खुलेको थियो पोल,दुई लाख ७५ हजारमा बिक्री हुन्थ्यो नक्कली मार्कसिट

२०८२ माघ २३ गते

दोहोर्याएर १२ कक्षाको मार्कसिट दुताबासमा बुझाउँदा खुलेको थियो पोल,दुई लाख ७५ हजारमा बिक्री हुन्थ्यो नक्कली मार्कसिट

काठमाडौँ । काठमाण्डूस्थित अमेरिकी दूतावासले दिएको सूचनाका आधारमा १२ कक्षाको नक्कली प्रमाणपत्र बनाउन संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरिएको र एक जना फरार रहेको पाइएको छ।

डिभी भर्ने क्रममा नक्कली प्रमाणपत्र बनाएर बुझाएका एक व्यक्तिले पछि अमेरिका गइसकेपछि १२ कक्षा पास गरेको सक्कली प्रमाणपत्र पुनः बुझाएपछि फर्जी कागज हुन सक्ने आशंकामा दुताबासले अन्य केही संकास्पदको कागजपत्र सहित अनुसन्धान गर्न प्रहरीलाई सम्पर्क गरेको थियो । सोही निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा नक्कली प्रमाणपत्र बनाई बिक्री गर्नेको गिरोह पक्राउ परेका थिए । काठमाण्डूस्थित अमेरिकी राजदूतावास र नेपालको परराष्ट्र मन्त्रालयले भिसा आवेदन गर्ने क्रममा आधिकारिक कागजपत्र र सत्य सूचना उपलब्ध गराउन सार्वजनिक सूचना प्रकाशन गरेलगत्तै पछिल्लो घटना सार्वजनिक भएको हो।

Advertisement:

Ad
Ad


मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ मा लिखतसम्बन्धी कसुरको चर्चा गरिएको छ, जसमा सरकारी वा सार्वजनिक कागजपत्र किर्ते गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ।

नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार अमेरिकाको ुडाइभर्सिटी भिसाु ९डीभी० कार्यक्रमअन्तर्गत कागजपत्र पेस गर्ने क्रममा १२ कक्षाको नक्कली प्रमाणपत्र प्रस्तुत गरिएको विषय अमेरिकी राजदूतावासले ध्यानाकर्षण गराएको थियो।

त्यसपछि प्रहरीले सम्बन्धित निवेदकलाई झिकाएर बुझ्दा उनीहरू पक्राउ परेका हुन्। एक जना फरार रहेको र भारत पुगेको हुन सक्ने प्रहरीको आशङ्का छ।

कार्कीका अनुसार दुई लाख ७५ हजार रुपैयाँ लिएर डीभी परेको एक व्यक्तिलाई प्लस टू (कक्षा १२)को मार्कशीट बनाउन सहयोग गरेको भन्ने कुरा छ। यो चाहिँ अमेरिकी राजदूतावासले उजुरी गरेको हो। समातिएका व्यक्तिहरूलाई अदालतले मङ्गलवार आठ दिन म्याद थप गरिदिएको छ।

उनले किर्ते गरेको मार्कशीटमा नाम उल्लेख भएको व्यक्तिलाई तोकेर नै त्यस्तो उजुरी आएको र सो व्यक्तिसँगको सोधपुछका आधारमा अन्य व्यक्तिहरू पक्राउ गरिएको बताए।