आक्रामक शैलीमा लाइभमा आएका रविले भने, 'मलाई जबर्जस्ती कारागारले निकाल्यो फेरी जान तयार छु'

२०८२ भदौ २५ गते

आक्रामक शैलीमा लाइभमा आएका रविले भने, 'मलाई जबर्जस्ती कारागारले निकाल्यो फेरी जान तयार छु'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने केहीबेर अघि फेसबुक लाइभमा आएर आफू सरकार बनाउने खेलमा नरहेको प्रष्टिकरण दिएका छन् ।उनले कारागारबाट आफू स्वेच्छाले निस्केको नभई कारागारले जबरजस्ती निकालेको प्रस्टीकरण दिएका छन्।

मंगलबार नख्खु कारागारबाट निस्केका रविले ‘बिनापत्र जान्नँ’ भनेको र उनीहरूले जस्तो पत्र दिए त्यस्तै सार्वजनिक गरिसकेको पनि स्पष्ट पारेका छन्। 

Advertisement:

Ad
Ad

भिडिओ मार्फत उनले उनले पुनः कारागार जान तयार रहेको पनि बताएका छन्।


निकै आक्रामक शैलीमा प्रस्तुत भएका रविले आफू सरकारमा जाने दौडमा नरहेको र देशमा नागरिक सर्वोच्चताको पक्षमा रहेको अडान पनि प्रस्तुत गरेका छन्।

उनले भनेका कुरा जस्ताको तस्तै-
म आज सिधाकुरा आफ्नो शैली प्रस्तुत गर्न आएको छु,
१। कारागारबाट म निस्किन चाहेको हैन भिड बढेपछि कारागारले मलाई जबर्जस्ती मलाई बाहिर निकालेको हो। मैले बिनापत्र जान्न भनेको हुँ। उनीहरूले जस्तो पत्र दिए जस्ताको त्यस्तै सार्वजनिक गरिसकेको छु। 

२। आजै मैले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूलाई आईजीहरूलाई मलाई तपाईंहरूले आफ्नो कस्टडीमा राख्नुहोस्, नियन्त्रणमा लिनुस् या कारागारमा पठाउनुस्( उहाँहरूले स्पष्ट भन्नुभयो( तपाईं  आफै सुरक्षित बस्नुस् सुरक्षा दिन नसकेरै कारागारले पत्र दिएको होला।

३। सुरक्षा निकायबाट यस्तो जवाफ आएपछि मैले आजै न्यायिक निकायहरूलाई जानकारी गराइसकेको छु। 

४। म सरकार बनाउने सरकारमा जाने  कुनै पनि दौडमा छैन। कसैसँग कतै कुनै बैठक गरेको छैन। मेरो नाममा कसैले विवाद गर्न जरुरी छैन। म कुनै रेसमा छैन भनेर धेरै पटक भनिसकेँ। रेसमा नआओस् भनेर डिफेम गर्न जरुरी छैन। तर यो देश रहनुपर्छ लोकतन्त्र रहनुपर्छ र नागरिक सर्वोच्चता रहनुपर्छ। यो कुरामा म कसैसँग नडराइ बाँचुन्जेल राख्नेछु।  

५। यो आन्दोलन जेनजीको हो। नेतृत्व जेनजीले नै तय गरोस्। म आफ्नो मुद्दा कानुनी माध्यमबाट लडिरहेको छु लडिरहनेछु।  ओली देउवाको कूशासनको सबैभन्दा शिकार भएको म तीनले लगाएको झुटो मुद्दा अझै पनि झेलिरहेको छु।  तीनले लगाएको झुटो मुद्दा जिल्लैपिच्छे अझै पनि खेपिरहेको छु। जनताले ओली देउवालाई खेदेर लखेटे तर तीनले लगाएको झुटो मुद्दा मेरो टाउकोमा अझै हटेको छैन। 

सरकार छैन सुरक्षा निकाय सुरक्षा दिन सक्दिन आफैँ बस भन्छ। कारागार बाटोमा जा भन्छ। जहाँ एउटा ठूलो भिड हातमा आगो लिएर बसेको छ  आक्रोश लिएर बसेको छ( भन्नुस्, मैले बाँच्न पाउने कि नपाउनेरु

कांग्रेस एमालेबाट जेनजीसम्म आइसकेपछि पनि म माथिको अन्याय नरोकिने नै हो त यो देशमा रु मलाई र म नेतृत्वको रास्वपालाई कुनै पनि लाभ चाहिएको छैन। लाउड एन्ड क्लियर। 

जेलले निस्क भनेर धकेलेर निकालेको पत्र बोकेर सुरक्षा निकायले नै सुरक्षा दिन नसक्ने त्यही जेलमा कुन विधिबाट जाऊँरु

फेरि रिपिट गर्छु, देश रहनुपर्छ नागरिक सर्वोच्चता रहनुपर्छ। मानव अधिकार, व्यक्तिगत स्वतन्त्रता, सुशासन खुला र पारदर्शी समाजजस्ता लोकतन्त्रका आधास्तम्भहरूमा नो कम्प्रमाइज। एउटा नेताको पछाडि कहिले लाखौँको भिड हुन्छ, कहिले एक्लै खडा हुनुपर्छ। रवि लामिछाने दुवैको लागि तयार भएर राजनीतिमा आएको भुईँमान्छे हो।

रवि लामिछाने कहिल्यै लुकेर बसेन। सधैँ जनताको आमनेसामने रह्यो। यिनले कालकोठरीमा थुन्दा पनि यिनको मुटु हल्लिने गरी वक्तव्य निकालेर भ्रष्टहरूलाई लल्कारेको मान्छे हुँ, नबिर्सिनुहोला।

आजभन्दा  दुई(तीन दिन अगाडिसम्म पनि राजनीतिक प्रतिशोध भयो भनेर यस देशका झन्डै ४० लाख मानिसले हस्तार गरेर ऐक्यबद्धता जनाएका छन्। सर्वाधिक मत ल्याएर संसद् छिरेको मान्छेलाई ओली, देउवा, गगन र आरजुहरूले छलपूर्वक, बलपूर्वक संसद्बाट निकाले तर जनताको मनबाट निकाल्न सकेनन्। मेरो कुरा यत्ति हो, यो देश रहनुपर्छ।

स्वाधीन, स्वाभिमानी, स्वतन्त्र, अटल र सार्वभौम सबको जय होस्।