२०८३ वैशाख २८ गते
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत नेपालमा तोकेको सीमा भन्दा बढी लगवानी गर्ने विदेशी लगानीकर्तालाई नेपाल लगानी भिसा’दिइने घोषणा गरेको छ ।
आज संघीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गरेको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।
‘विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तारीत गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सरकारले तोकेभन्दा बढीको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइनेछ ।’
सरकारले व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म ३० दिनभित्र सम्पन्न गर्ने लगानी एक्सप्रेस नीति लागू गरिने घोषणा गरेको छ ।
प्रतिक्रिया