लाभांश र हकप्रद पारित गर्न सुपरमाई हाइड्रोपावरले बोलायो साधारणसभा

२०८२ माघ २५ गते

लाभांश र हकप्रद पारित गर्न सुपरमाई हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १७ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्स् प्रा।लि। मा बिहान १० बजे ११औं वार्षिक साधारणसभा बोलाएको छ।

उक्त सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर तिर्न ५९ लाख २७ हजार ९७७ रुपैयाँ नगद लाभांश बाँड्ने र चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ।

Advertisement:

Ad
Ad

साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेद, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र सञ्चालक समितिबाट मनोनीत गरी रिक्त सञ्चालक पदमा नियुक्ति गरिएका सञ्चालकहरूको अनुमोदन गर्नेछ।

त्यसैगरी कम्पनीको पूँजीको संरचना परिवर्तन गर्ने र सोही बमोजिम प्रबन्धपत्रको दफा ६ ९क०, ९ख० र ९ग० संशोधन गर्ने र पूँजीको संरचना परिवर्तन गर्न र बोनस तथा हकप्रद शेयर जारी गर्ने सम्बन्धमा नियामक निकायहरूबाट कुनै किसिमको सुझाव वा निर्देशन प्राप्त भएमा सो अनुसार संशोधन गर्न सञ्चलाक समितिलाई अख्तियारी दिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १३ गते एक दिनका लागि शेयर दाखिला खारेज बन्द ९बूक क्लोज० गर्ने निर्णय गरेको छ। बूक क्लोजको आधारमा फागुन १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।