कता अल्मलिए कुलमान  ?

२०८२ माघ १३ गते

कता अल्मलिए कुलमान  ?

काठमाडौँ । केही दिनअघि उर्जा उद्यमीहरूको एउटा कार्यक्रममा ढिलो गरी पुगेका कुलमान घिसिङ मलिन देखिन्थे। उनको अनुहारमा आत्मविश्वासभन्दा बढी अत्यास र चिन्ता झल्किन्थ्यो। कुनै समय लोडसेडिङको अन्धकार चिर्दै ‘उज्यालो नेपाल’को प्रतीक बनेका कुलमान आज आफ्नै राजनीतिक यात्राको अन्योलमा हराइरहेका देखिन्थे।

 

Advertisement:

Ad
Ad

उज्यालो नेपाल पार्टी खोलेर बीचमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका कुलमानले त्यहाँ भोग्नुपरेको व्यवहारलाई उनले अप्रत्यासित मात्र होइन, अपमानजनक नै भएको सुनाए। रास्वपामा जम्मा १२ दिन मा टिक्नुले उनको उनको राजनीतिक अपरिपक्वता रहेको राजनीतिक वृत्तमा विश्लेषण भइरहेको छ । 

 

कुलमानसँगै हिँडेका खगेन्द्र सुनार, रिमा विश्वकर्माजस्ता केही चर्चित अनुहारले समेत अन्ततः उनको नेतृत्वमाथि भरोसा गर्न सकेनन् र एकपछि अर्को गर्दै साथ छाडे। यसले कुलमानको राजनीतिक आकर्षण व्यक्ति केन्द्रित मात्र थियो, संगठनात्मक थिएन भन्ने कुरालाई उजागर गरिदियो।

 

उज्यालो नेपाल पार्टीलाई बिस्तार गर्दै जाने कुलमानले बताएपनि जनआधार  र सुदृढ संगठन नहुँदा  आम मानिसको आकर्षण बटुल्न सकेको देखिँदैन । सोचेजस्तो जनउभार नआउँदा कुलमान स्वयं बिचलित देखिन्छन्—त्यो उनको हाउभाउमै झल्किन थालेको छ ।

 

पहिलो पटक नेपाल विद्युत प्राधिकरणबाट उज्यालो नायकको तक्मा भिरेर निस्किएका कुलमानको राजनीतिक यात्रा के उनकै चुनाव चिन्ह  बलिरहेको चिम जस्तै अनवरत बल्न सक्ला त ? यो भने फागुन २१ को चुनावी नतिजाले देखाउने नै छ ।