२०८२ पुस १७ गते
काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सहमति नजुटे आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले आइतबारसम्मको समय मागेको बताए। उनका अनुसार प्रधानमन्त्रीले आइतबारभित्र सम्झौता गर्ने र त्यसको कार्यान्वयनका लागि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिने प्रतिबद्धता जनाएकी छन्। तर सरकारले गम्भीरता नदेखाए र तोकिएको समयभित्र सहमति नभए आन्दोलनमा उत्रिने उनले स्पष्ट पारे।
प्रसाईंले आन्दोलनका क्रममा गाउँगाउँबाट लघुवित्त, सहकारी तथा बैंकहरूलाई हटाउने चेतावनी पनि दिए। साथै, आगामी फागुन २१ मा हुने निर्वाचन बिथोल्न सक्ने संकेतसमेत गरे। उनले आफ्ना मागमा जनमत संग्रह गराएर लोकतान्त्रिक प्रक्रिया प्रयोग गर्न चाहेको उल्लेख गर्दै, आइतबारसम्म सम्झौतामा हस्ताक्षर नभए स्थानीय तहबाटै लघुवित्त, सहकारी र बैंकविरुद्ध कदम चालिने चेतावनी दिए।
प्रतिक्रिया