देउवालाई दवाव दिन विशेष महाधिवेशनको माग सहित गगन पक्षधरले आज विशेष सभाको आयोजना गर्दै

२०८२ मंसिर १० गते

देउवालाई दवाव दिन विशेष महाधिवेशनको माग सहित गगन पक्षधरले आज विशेष सभाको आयोजना गर्दै

काठमाडौँ । नेपाली कांग्रेसलाई पुनर्जागरण गरी नयाँ नेतृत्वसहित चुनावमा गएमात्र नयाँ परिस्थिति निर्माण भएको राजनीतिमा सफल हुन सकिन्छ भन्ने मान्यतासहित विशेष महाधिवेशन माग गर्ने पक्षधरले आज विशेष सभाको आयोजना गर्दैछ । 


काठमाडौँको राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा दिउँसो आयोजना हुने विशेष सभामा कांग्रेसका अग्रज नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ । दिउँसो १ बजेदेखि हुने उक्त कार्यक्रममा दुई हजार भन्दा बढी कांग्रेसका प्रतिनिधिहरू सहभागी हुने दाबी गरिएको छ । उक्त विशेष सभाले पार्टी नेतृत्वलाई झक्झक्याएर आगामी पुसभित्रै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व र नयाँ एजेन्डासहित आगामी प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुन माहोल तयार गर्नेछ । 

Advertisement:

Ad
Ad