भोटेकोसी विद्युतीय बस दुर्घटना : घटनास्थलमा पुगे गृहमन्त्री गुरुङ

२०८३ साउन १० गते

भोटेकोसी विद्युतीय बस दुर्घटना : घटनास्थलमा पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसला दिन गृहमन्त्री सुदन गुरुङ घटनास्थलमा पुगेका छन् ।

 

Advertisement:

Ad
Ad

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि १० वटा ड्रोनसहित तीनवटै सुरक्षा निकायका कर्मचारी गोताखोरका साथ चालक कालिका गाउँपालिका–३ तल्लो धारापानीका २२ वर्षीय सविन तामाङको खोजीमा परिचालन भएका छन् । 

 

जिल्ला विपद् व्यवस्थापन समितिले खोज तथा उद्धारको समन्वय गरिरहेको छ । दुर्घटनास्थल गहिरो खोँच, धमिलो पानी र नदी किनारका विशाल चट्टानले  खोजी तथा उद्धारमा चुनौती  थपेका समितिले जनाएको छ ।रासस