२०८२ माघ १३ गते
काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा एकले अर्कालाई कमजोरी देखाउने गरी भ्रामक र गलत सूचना सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति बढिरहेको छ ।
यही क्रममा सामाजिक सञ्जालमा यतिखेर काठमाडौँ महानगरका मेयर बालन्द्र साह राजनीतिमा प्रवेश गरेपछि सिंहदरबार पूर्वी गेट अगाडि भद्रकाली सडक पेटीमा राखिएका बेन्च धमाधम झिकिएको समाचार भाइरल बनिरहेकोछ ।तर वास्तविकता फरक भेटिएको छ ।
भद्रकाली सडकमा पुग्दा सामाजिक सञ्जालमा भनेजस्तो बेन्चहरु हटाइएका छैनन् यथास्थानमै रहेको पाइएको छ । सडकपेटीमा राखिएका बेन्चमा यात्रुहरु बिश्राम गरिरहेको देखिन्छन् ।पेटीमा रहेका केही बेन्चहरु मर्मत गर्न झिकिएको र तिनलाई पुनः यथास्थानमै राखिएको सुरक्षामा तैनाथ एक ट्राफिक प्रहरीले बताए ।
प्रतिक्रिया