अर्थमन्त्रीले बजेट बक्तब्य पढ्दा पढ्दै संसदमा चल्यो हाँसोको फोहरा

२०८२ जेठ १५ गते

अर्थमन्त्रीले बजेट बक्तब्य पढ्दा पढ्दै संसदमा चल्यो हाँसोको फोहरा

काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कर तथा राजश्वको दर बाचन गर्दा गर्दै संसदमा हाँसो छुटेको छ । पौडेलले कर छुटका शिर्षकहरु बाचन गर्दै जाँदा विद्युतीय सवारी साधनको कर बाचन गर्दै गर्दा हाँसो छुटेको हो । मन्त्री पौडेलले कर छुट दिएका विषय प्रस्तुत गर्दै थिए । संसदमा व्यवसायीहरु चासोका साथ बजेट बक्तब्य सुनिरहेका थिए । यसैबीच मन्त्री पौडेलले अगाडि बाचन गरे, 'सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्न र यसको उपभोग बढाउन करको दर यथावत राखेको छ ।'सदनमा हाँसो गलल चल्छ अर्थमन्त्री पनि बाचन गर्दा गर्दै हाँस्न पुग्छन् ।

 

Advertisement:

Ad
Ad

सरकारले विद्युतीय सवारी साधनको कर यथावत राखेको छ ।अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्ने भनेपनि कर घटाएका घटाएका छैनन्, कर यथावत राखिएको जानकारी दिएका छन् ।