२०८२ जेठ १५ गते
काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान ९डीडीसी० अन्तरगतका कर्मचारीहरुले सित्तैमा पाउँदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घिउको सुबिधा कटौती गरेको छ ।
मन्त्रालयले दुग्ध किसानलाई करोडौं रुपैयाँ भुक्तानी गर्न नसकेको डीडीसीका कर्मचारीले सुविधा उपभोग गर्नु नैतिकताले न मिलेको भन्दै मन्त्रालयले उक्त सुविधा कटौती गरेको हो दुग्ध किसानहरुलाई दिनुपर्ने भुक्तानी, सरकारवाट लिएको ऋण चुक्ता गर्नुपर्ने अवस्थालगायतका कारण यो सुबिधा कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ ।
अन्य सार्वजनिक संस्थानहरुमा पनि संस्था घाटामा पुगेको अवस्थामा सुबिधा नलिने गरिएको अभ्यास रहेको उल्लेख गर्दै मन्त्रालयले दूध तथा दुग्ध जन्य पदार्थ बिक्रि गरि आम्दानी गर्ने किसानलाई भुक्तानी दिन नसकिरहेको परिस्थितिमा सुधार ल्याउन पनि सुबिधा कटौती जरुरी रहेको ठहर गरेको छ ।
प्रतिक्रिया