२०८२ वैशाख २३ गते
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले बोर्डसँग जाडेर भ्रामक समाचार सम्प्रेषण भएकामा आपत्ती प्रकट गरेको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा बोर्ड अध्यक्षलाई जोडेर बनाइएको समाचार कपोकल्पित र भ्रामक भएको प्रष्टिकरण दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, हालै केही सञ्चार माध्यमहरू तथा सामाजिक सञ्जाल मार्फत नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई जोडेर तथ्यहीन, आधार विहीन, कपोकल्पित र भ्रामक आरोप लगाउँदै प्रकाशित समाचार प्रति यस बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ । पुँजीबजार क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रूपमा यस्ता प्रायोजित सामग्रीको सम्प्रेषणले नियामक निकायको छवि धूमिल पार्नुका साथै सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई निरूत्साहित गर्ने उद्देश्य राखेको स्पष्ट देखिन्छ ।
विज्ञप्तिमा कसैले बोर्ड अध्यक्षको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा अन्य गैर कानुनी फाईदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराएमा आवश्यक कानुनी कारवाहीका लागि प्रकृया अगाडि बढाईने समेत उल्लेख छ ।
प्रतिक्रिया