सर्लाही ४ को मतगणना शुरु, गगन र अमरेशमा कसले जित्लान ?

२०८२ फागुन २२ गते

सर्लाही ४ को मतगणना शुरु, गगन र अमरेशमा कसले जित्लान ?

काठमाडौं । सर्लाही–४ मा मतगणना सुरु भएको छ ।यो क्षेत्रमा अहिले सवा १० बजेबाट मतगणना सुरु भएको हो । यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ ।

किनभने  नेपाली कांग्रेसका सभापति गगन थापा यस क्षेत्रका उम्मेदवार हुन् । रास्वमा बाट अमरेश सिंह उनको प्रतिस्पर्धी हुन् ।देशभर नै रास्वपाले अग्रता लिइरहेका बेला यस क्षेत्रमा  कसले जित्ला भन्ने विषयलाई चासोका साथ हेरिएको छ । 

Advertisement:

Ad
Ad

यस क्षेत्रमा पहिलो चरणमा बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ को खसेको मतबाट गणना सुरु भएको छ ।