चीनमा राँगाको मासु निर्यात गर्न सिन्धुलीमा उद्योग स्थापना, २० अर्ब लगानी स्वीकृत

२०८२ साउन १२ गते

चीनमा राँगाको मासु निर्यात गर्न सिन्धुलीमा उद्योग स्थापना, २० अर्ब लगानी स्वीकृत

काठमाडौँ । चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मारिण ४ सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा गरेको छलफल पछि चिनियाँ व्यापारीले चासो देखाएका थिए । छेन्दु जियान फुड कम्पनीले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन ९छाला, भित्री अंग, टाउको० उत्पादन गर्ने छ।यस उद्योगले पाँच हजार एक सय ५६ जनालाई रोजगारी दिनेछ भने वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात गर्नेछ । निर्यात र रोजगारी सिर्जनाका लागि यो महत्त्वपूर्ण हुने बताइएको छ।

Advertisement:

Ad
Ad