परिणाम स्वीकार्दै ओलीले भने : जनताको फैसला शिरोधार्य

२०८२ फागुन २८ गते

परिणाम स्वीकार्दै ओलीले भने : जनताको फैसला शिरोधार्य

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेकपा एमालेका अध्यक्ष ओलीले यस पटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको बताएका हुन्। उनले लोकतन्त्रमा जनताको निर्णय अन्तिम हुने भएकाले त्यसलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको उल्लेख गरेका छन्।

 

Advertisement:

Ad
Ad

ओलीले कठिन परिस्थितिका बीच पनि सूर्य चिन्हमा मतदान गरी साथ दिने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक तथा समर्थकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

साथै उनले निर्वाचनको परिणामले जनताप्रतिको आफ्नो प्रतिबद्धता र सेवाभाव कमजोर नभएको उल्लेख गर्दै आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

उनले मत दिने, साथ दिने र विश्वास राख्ने सम्पूर्णप्रति हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्।