खर्च गर्न नसकेपछि फास्ट ट्रयाकको सवा १ अर्ब बजेट औद्योगिक करिडोर र राजमार्गले लगे, बैशाखमा मात्रै ४ अर्ब भन्दा बढी रकमान्तर

२०८२ असार २० गते

खर्च गर्न नसकेपछि फास्ट ट्रयाकको सवा १ अर्ब बजेट औद्योगिक करिडोर र राजमार्गले लगे, बैशाखमा मात्रै ४ अर्ब भन्दा बढी रकमान्तर

काठमाडौ । काठमाडौं तराई/मधेस द्रुतमार्गका लागि छुट्याइएको बजेटमा सवाँ १ अर्ब रुपैयाँ खर्च गर्न नसकेपछि अन्यत्रै  रकमान्तर भएको छ । अर्थमन्त्रालयका अनुसार फाष्ट ट्रयाकले खर्च गर्न नसकेको रकम सुरुङमार्ग विकास कार्यक्रमका लागि ९० करोड, वैकल्पिक सहायक राजमार्ग विकासका लागि १४ करोड ७४ लाख रुपैयाँ र औद्योगिक करिडोर विस्तारका लागि २० करोड १२ लाख रुपैयाँ रकमान्तर गरिएको हो । 


काठमाडौंलाई सिधै मधेससँग जोड्ने सबैभन्दा छोटो दुरीको राष्ट्रिय गौरवको आयोजना ०७८ वैशाखभित्र निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने आयोजना हो । तर निर्माण कार्य ढिलाई हुँदा यसको लागत बढेको बढ्यै छ । ०७४ वैशाख २१ गते सरकारले दुतमार्ग निर्माणको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको थियो । आयोजना निर्माणका लागि १ खर्ब ७५ अर्ब लागत लाग्ने शुरुवाती अनुमान भएपनि त्यो लागत बढेर दोब्बर भन्दा बढी भइसकेको छ । 

Advertisement:

Ad
Ad


अर्थमन्त्रालयले बैशाख महिनामा मात्र विभिन्न ४३ वटा आयोजना तथा परियोजनाको ४ अर्ब  ५० करोड ८५ लाख ८३ हजार रुपैयाँ बजेट रकमान्तर गरेको हो । रकमान्तर हुनेमा अधिकांश भौतिक पुर्वातथा तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय अन्र्तगतका आयोजना रहेका छन् । यस्तै गृहमन्त्रालय, खानेपानी मन्त्रालय, शिषा मन्त्रालय र उर्जा मन्त्रालय मातहतका निकायको पनि बजेट रकमान्तर भएको छ । 


यस्तै ८८ करोड ५३ लाख रुपैयाँ विभिन्न निकायलाई थप बजेट पनि निकासा गरिएको अर्थमन्त्रालयले बताएको छ । बैशाख महिनामा राजावादी आन्दोलनमा ज्यान गुमाउँने २ जना सुरेस रजक र सबिन महर्जनका आफन्तलाई १०/१० लाख रुपैयाँका दरले २० लाख रुपैयाँ आर्थिक सहायता समेत उपलब्ध गराएको अर्थले भनेको छ ।