२०८० पुस २२ गते
ॐ नमो शिवायः
जो कालको काल हो देवको नि देव हो । यो जगत भन्दा माथि करोडौ जगतको स्वामी हो ।। जो बेदको नि श्रष्ठा हो प्रचण्ड ज्ञान द्रष्टा हो।।
अखण्ड ज्योति पुन्ज हो त्यही त शिव सत्य हो । जो कालकोनि काल हो आखिरीको न्याय हो ।। परात्पर दिव्यशक्ति हो देवको देव हो । त्यही त महादेव हो मनुष्य भित्र रहेको आत्मा नै उसको अंश हो ।।
चौरासी लाख जुनीको उही त भोक्ता कारण हो । सुर असुर दुवैमा समभाव उसको दृष्टि हो।। सृष्टिको उही कारण हो प्रलय पनि उही हो। देवको देव महादेव सवैको कर्ता धर्ता हो ।।
खलानको मान्छे
(लेखक प्रवासी नेपालीका रुपमा हाल जर्मनीमा कार्यरत छन् ।)
प्रतिक्रिया