२०८३ साउन २४ गते
काठमाडौं । सुनको मूल्यले फेरी ३ लाख रुपैयाँ नाघेको छ । आइतबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ७०० रूपैयाँमा किनबेच भइरहेको छ ।शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । शुक्रबार तोलामा ९०० रूपैयाँले बढेको सुनको मूल्य आइतबार प्रतितोला ५ हजार ६०० रूपैयाँ बढेको हो ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज चार हजार ६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया