नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

२०८२ वैशाख ३० गते

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा १४ दशमलव ८७ अंकको गिरावट आएको छ । नेप्सेमा दोहोरो अंकको गिरावट आएसँगै बजार २६ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको छ ।

 

Advertisement:

Ad
Ad

आज ७७ कम्पनीहरुको शेयर मूल्यमा वृद्धि आएको छ भने १६८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । आज नेप्सेमा ३१४ कम्पनीले ९ अर्ब ६३ करोड भन्दा माथिको कारोबार गर्दा २ करोड १८ लाख २८ हजार कित्ता शेयर किनबेच गरेको छ ।

 

आज सबैभन्दा बढि कमाउनेमा ओम मेगाश्री फर्मास्युटिकल्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । यी दुई कम्पनीका लगानी कर्ताहरुले आज १० प्रतिशका दरले कमाएका छन् । त्यस्तै, मंगलबार सबैभन्दा बढि गुमाउने कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स रह्यो जसको शेयर ६.२२ प्रतिशतले घटेको छ ।

 

यस दिन सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको शेयर कारोबार भएको छ जसको ६७ करोड २० लाख बराबरको शेयर कारोबार भएको छ। भोल्युमको आधारमा पनि सोहि कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ।  उक्त कमपनीको आज १५ लाख ४६ कित्ता शेयर कारोबार भएको छ।