सर्वसाधारणका लागि याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुला

२०८३ वैशाख १६ गते

सर्वसाधारणका लागि याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आज वैशाख १६ गतेदेखि सर्वसाधारणमा आईपीओ खुला गरेको छ। प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा समेत आईपीओ खुला गरेको हो।

 

Advertisement:

Ad
Ad

कम्पनीले आफ्नो जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये ७ लाख कित्ता आयोजना प्रभावित र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड भइसकेको छ।

 

अब बाँकी आईपीओमध्ये १ लाख ५ हजार कित्ता सामुहिक लगानी कोष र ४२ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी अन्त्यमा बाँकी रहन गएको १७ लाख ४३ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरिएको हो।

 

यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म माग गर्न सकिन्छ। आवेदन दिने अन्तिम मिति वैशाख २२ गते रहेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।