ट्रम्पको खर्च कटौती गर्ने विधेयक अमेरिकी तल्लो सदनबाट पारित , देशलाई ‘रकेट जहाज’मा परिणत गर्ने दाबी

२०८२ असार २० गते

ट्रम्पको खर्च कटौती गर्ने विधेयक अमेरिकी तल्लो सदनबाट पारित , देशलाई ‘रकेट जहाज’मा परिणत गर्ने दाबी

काठमाडौं । अमेरिकी तल्लो सदन कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको कर र खर्च गर्ने विधेयक पारित गरेको छ । अमेरिकाको क्यापिटल हिलमा लामो छलफलपछि तल्लोे सदनले बिहीबार २१८–२१४ को मतले विधेयक पारित गरेको हो ।
यसअघि माथिल्लो सदन सिनेटले मंगलबार एक मतको अन्तरले यो विधेयक अनुमोदन गरेको थियो ।

 

Advertisement:

Ad
Ad

ट्रम्पले रिपब्लिकन नियन्त्रित कंग्रेसलाई ४ जुलाईसम्म अन्तिम संशोधित विधेयकमा हस्ताक्षरका लागि पठाउन समयसीमा दिएका थिए । यो विधेयकले आगामी १० वर्षमा संघीय घाटामा ३.३ ट्रिलियन डलर थप्न सक्ने र लाखौँ मानिसहरूलाई स्वास्थ्य बीमाबाट वञ्चित गर्ने संसदीय बजेट कार्यालयले प्रक्षेपण गरेको छ । तर, यसलाई ह्वाइट हाउसले अस्वीकार गरेको छ । 

 

बिहीबार साँझ पत्रकारहरूसँग ट्रम्पले यो विधेयकले देशलाई ‘रकेट जहाज’मा परिणत गर्ने बताएका छन् ।