२०८३ वैशाख १७ गते
काठमाडौँ । बैशाख १७ गते सोपान फर्मास्यूटिकल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा उक्त बाँडफाँट गरिएको हो।
कम्पनीले बैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३४ लाख ७४ हजार ९०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो, जसको कुल मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ रहेको थियो। उक्त आईपीओमा २७ लाख ३० हजार ९८७ जनाबाट २ करोड ९९ लाख ६ हजार ५२० कित्ता शेयरका लागि आवेदन परेको थियो।मागभन्दा निकै बढी आवेदन परेपछि गोला प्रथा (लक्की ड्र) मार्फत बाँडफाँट गरिएको हो। सो प्रक्रियाअनुसार ३ लाख ४७ हजार ४९० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
प्रतिक्रिया