२०८२ फागुन २६ गते
काठमाडौँ । नव निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ र पहिलो बैठक सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनमा नै गर्ने तयारी भइरहेको छ ।
संसद् भवन निर्माणको सम्पूर्ण काम नसकिए पनि बैठक बस्न मिल्ने गरी सभा कक्षको निर्माण तथा व्यवस्थापनको काम अघि बढाइएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आगजनीपछि प्रयोग गर्न नसकिने भएपछि वैकल्पिक रूपमा निर्माणाधीन संसद् भवन प्रयोग गर्न लागिएको हो।
मुख्य सभा हल तत्काल प्रयोग गर्न नसकिने भएकाले भवनभित्रको मल्टिपर्पोज हलमा करिब २८० जना अट्ने गरी न्यूनतम पूर्वाधारसहित शपथ र बैठक गर्ने तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ।
सिंहदरबारभित्र १५१ रोपनी क्षेत्रमा संसद्का विभिन्न भवन निर्माण भइरहेका छन्, तर निर्माण पूरा कहिले हुन्छ भन्ने अझै निश्चित छैन।
प्रतिक्रिया