रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत,सरकार बनाउन दुई तिहाईको नजिक

२०८२ फागुन २६ गते

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत,सरकार बनाउन दुई तिहाईको नजिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक तर्फ पनि राम्रो मत ल्याउन सफल भएको छ । देशभरी प्राप्त समानुपातिकतर्फको १ करोड ४ लाख ४४ हजार ४२५ मत गन्दा रास्वपाको ५० लाख १५ हजार ५ सय १० मत प्राप्त भएको हो ।जुन प्रतिशतमा ४८ दशमलव ०२ प्रतिशत हुन आउँछ ।त्यस्तै दोस्रोमा नेपाली कांग्रेसले १६ लाख ९५ हजार ३ सय ९८ मत प्राप्त गरेको छ भने एमालेको १३ दशमलव ५३ अर्थात १४लाख १३ हजार १ सय ६७   मत प्राप्त गरेको छ ।

 

Advertisement:

Ad
Ad

त्यसैगरी चौथोमा नेपाली कम्युनिस्ट पार्टी नेकपाको ७ दशमलव ३६ मत आएको छ । जुन ७ लाख ६८ हजार ५ सय ६२ मत हुन आउँछ । पाँचौमा श्रम संस्कृति पार्टीको ३ लाख ५८ हजार ४ सय ८६ मत प्राप्त भएको छ ।