उर्जामन्त्री खड्काले गरे महाकाली सिंचाइ आयोजनाको अवलोकन, जुनकुनै हालतमा परियोजना सम्पन्न गर्ने बाचा

२०८२ साउन १३ गते

उर्जामन्त्री खड्काले गरे महाकाली सिंचाइ आयोजनाको अवलोकन, जुनकुनै हालतमा परियोजना सम्पन्न गर्ने बाचा

काठमाडौँ । उर्जा जलस्रोत मन्त्री दीपक खड्काले महाकाली सिंचाइ आयोजना अन्तर्गत तेस्रो मूल नहरको स्थलगत निरीक्षण गरेका छन् । ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भइसकेकोले सिचाई सुविधालाई ब्यवस्थित बनाउन र फलेलीदेखि कैलालीको गोदावरीसम्म थप २० किलोमिटर निर्माणाधीन रहेकोले छिटो सक्न उले निर्दैशन दिए ।

 

Advertisement:

Ad
Ad

उनले भने,किसानको खेतमा पानी पुर्‍याउन प्रतिबद्ध छ सरकार, निर्माण गुणस्तर, समय र स्थानीय सहभागिता सुनिश्चित गर्दै आयोजनालाई सफल बनाउन जोड दिएको छु।


खड्काले महाकाली सिॅचाई आयोजना सुदूरपश्चिम समृद्धिको मेरुदण्ड रहेकाले टनकपुर ब्यारेजबाट पानी ल्याएर यो आयोजना पूरा हुँदा ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताएका छन् । भौगोलिक दूरी वा प्रविधिगत चुनौती चिर्दै जुनसुकै अवस्थामा पनि आयोजना पूरा गर्ने उनको भनाई छ ।