इरानी मिडियाले गरे अमेरिकी आक्रमणमा सर्वोच्च नेता मारिएको पुष्टि,४० दिन शोक बिदा

२०८२ फागुन १७ गते

इरानी मिडियाले गरे अमेरिकी आक्रमणमा सर्वोच्च नेता मारिएको पुष्टि,४० दिन शोक बिदा

काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको इरानी मिडियाले पुष्टि गरेको छन्।उनी अमेरिका र इजरायलले संयुक्तरुपमा गरेको हवाइ आक्रमणमा मारिएका हुन्।यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनेई मारिएको उल्लेख गरेका थिए।

त्यस्तै उनकी छोरी, ज्वाइ र नाती समेत मारिएको इरानी मिडियाले उल्लेख गरेका छन्।

Advertisement:

Ad
Ad

४० दिने शोकको घोषणा
खामेनेई मारिएको शोकमा ४० दिने राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ।

इरानको सेना रिभुलसनरी गार्ड निकट समाचार संस्था ‘दी फार्स एजेन्सी’का अनुसार उनको निधन भएको शोकमा ४० दिनको शोक घोषणा गरिएको छ।

त्यस्तै ७ दिनको सार्वजनिक विदा समेत घोषणा गरिएको बताइएको छ।