हङकङमा रहेका देउवा दम्पतीलाई रेड कर्नर नोटिस जारी गरी नेपाल ल्याइँदै

२०८२ चैत २६ गते

हङकङमा रहेका देउवा दम्पतीलाई रेड कर्नर नोटिस जारी गरी नेपाल ल्याइँदै

काठमाडौं । पक्राउ पूर्जी जारी भएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणा देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ  ।

 

Advertisement:

Ad
Ad

देउवा दम्पती र उनीहरूको परिवारको अस्वाभाविक कारोबार भएको भेटिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो।पक्राउ पूर्जी जारी हुँदा देउवा दम्पती भने नेपालमा छैनन् । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पत्ति उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरु ७ चैतमा हङकङ गएको बताइएको छ ।

 

यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए । त्यतिबेला भने उपचार गरेर उनीहरु फर्केका थिए ।अहिले भने १४ फागुनमा देश छाडेका उनीहरु एक महिना ११ दिन बित्दा समेत नेपाल फर्केका छैनन् । स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेको बताइन्छ ।

 

पक्राउ पूर्जी जारी भए पनि देउवा दम्पती देश बाहिर रहेकाले अब इन्टरपोलमार्फत नेपाल ल्याउन प्रहरीले पत्राचार गर्ने भएको छ । यसका लागि अदालती कागजात चाहिने भएकाले पक्राउ पूर्जीले त्यसको काम गर्ने एक प्रहरी अधिकृत बताउँछन् ।

 

इन्टरपोलमार्फत नोटिस जारीका लागि प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले प्रक्रिया अघि बढाउँछ ।