सेवाग्राहीले पटकपटक गुनासो छड्के निरीक्षणमा पुगेका थिए गृहमन्त्री,सामान्य लत्ताकपडा र व्यक्तिगत सामानमा अनावश्यक जाँच नगर्न निर्देशन

२०८२ चैत २० गते

सेवाग्राहीले पटकपटक गुनासो छड्के निरीक्षणमा पुगेका थिए गृहमन्त्री,सामान्य लत्ताकपडा र व्यक्तिगत सामानमा अनावश्यक जाँच नगर्न निर्देशन

काठमाडौं । त्रिभुवन विमानस्थलमा हुने अस्वाभाविक चेकजाँच र हैरानीले वाक्कदिक्क भएका सर्वसाधारणले फोनबाट गुनासो टिपाएपछि गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

पटक–पटक सर्वसाधारणबाट आएको गुनासो र असुविधालाई मध्यनजर गर्दै उनले बिना खबर आफ्नो टोलीसहित विमानस्थल अनुगमन गरेका हुन् ।

Advertisement:

Ad
Ad

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सेवाग्राहीलाई कुनै पनि प्रकारको असुविधा नपरोस् भन्ने सुनिश्चित गर्दै सम्बन्धित कर्मचारीलाई निर्देशन दिइएका छन् ।

उनले विदेशबाट फर्किने नागरिकले विमानस्थलमै दुःख भोग्न नपरोस् भन्नेमा जोड दिँदै यस्तो गुनासो दोहोरिन नदिन सचेत गराएका छन् ।

साथै, सामान्य लत्ताकपडा र व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच नगरी सेवाग्राहीलाई सहजता प्रदान गर्नसमेत निर्देशन दिइएको छ ।