विदेशी राजदूतहरूसँग विशेष बैठक गर्दै प्रधानमन्त्री कार्की

२०८२ असोज ३१ गते

विदेशी राजदूतहरूसँग विशेष बैठक गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार)  सिंहदरबारमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग विशेष बैठक गर्दै छिन्। कार्कीले आज नेपालस्थित सबै २६ कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न लागेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो २.३० बजे सिंहदरबारमा सुरु हुनेछ। प्रधानमन्त्री नियुक्त भएपछिको यो उनको पहिलो यस्तो प्रकारको ब्रिफिङ बैठक हो।

Advertisement:

Ad
Ad

बैठकमा नेपालको समसामयिक अवस्था, राजनीतिक परिस्थिति, तथा आउँदो फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल र परामर्श हुने जनाइएको छ।

बिहीबार मात्र सरकारले ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ। जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते गठित अन्तिरम सरकारको प्रमुख जिम्मेवारी आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गराउनु हो।