२०८२ चैत ०३ गते
काठमाडौँ । दुईतिहाइ नजिक बहुमत ल्याएर नयाँ सरकार बनाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री कार्कीले गरेका दुई नियुक्तीबारे प्रश्न गर्ने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाले सत्ता हस्तान्तरणको सङ्घारमा अन्तरिम सरकारले गरेको गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ती र स्वकीय सचिव आदर्श श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्षमा गरिएको नियुक्तीबारे सँच्याउन प्रधामन्त्री कार्कीलाई ध्यानाकर्षण गराइने बताएका हुन् ।
'एउटा निर्वाचन सकिएर एकल बहुमतको नयाँ सरकार निर्माणको दैलोमै रहेको अवस्थामा यस्ता नियुक्तिहरू सर्वस्वीकार्य नहुने त स्वाभाविक नै हो,' प्रवक्ता झा भन्छन्, 'यी नियुक्तिहरू अहिले नगर्दा हुन्थ्यो वा आगामी सरकारले निष्पक्षताका आधारमा यो गर्दा राम्रो देखिन्थ्यो।विवादित नियुक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने छ'उनले भनेका छन्।
त्यसैगरी पार्टीका नेता तथा नवनिर्वाचित सांसद सागर ढकाल लगायतले पनि योग्यताको आधारबारे प्रश्न उठाएका छन्।
जेनजी आन्दोलनको जगमा बनेको सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई शान्तीपूर्ण निर्वाचन सम्पन्न गराएकोमा प्रसंशा गरिरहँदा उनले दिएका यी दुई नियुक्तीपछि तीब्र आलोचना भैरहेको छ । उनीमाथि सामाजिक सञ्जालमार्फत नातावाद र कृपावादसँग जोडेर आलोचना गरिएका छन्।
प्रतिक्रिया