२०८२ माघ २७ गते
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । मंगलबार बिहान कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले गत माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको थियो । सो निष्काशनमा २५ लाख ७९ हजार ९२० जनाले कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । सोमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएको छ भने ४० हजार २८ आवेदन रद्द भएका छन् ।
कुल ८३ हजार आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । आईपीओको नतिजा https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ ।
प्रतिक्रिया