२०८२ चैत ०४ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको शपथपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ।
प्रवक्ता मनिष झाका अनुसार सांसदहरूको शपथपछि मात्रै दल नेता चयनलगायत थप प्रक्रिया अघि बढ्नेछ।संघीय संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने तयारीसाथ काम गरिरहेको छ।त्यसपछि मात्रै रास्वपाले संसदीय दल नेता चयन गर्ने भएको हो।
बालेनलाई संसदीय दल नेता बनाउन रास्वपाले विधानसमेत संशोधन गर्नुपर्नेछ। फागुन २१ को चुनावमा रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा सामेल भएको थियो।
प्रतिक्रिया