यस्तो छ जेनजी आन्दोलन जाँचबुझ आयोग समक्ष बालेनले दिएको बयान

२०८२ चैत १२ गते

यस्तो छ जेनजी आन्दोलन जाँचबुझ आयोग समक्ष बालेनले दिएको बयान

काठमाडौँ । जेनजी आन्दोलन जाँच आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपनि सर्वत्र मिडियामा फैलिएको छ । प्रतिवेदनमा आन्दोलनमा दमन गर्र्नेतत्कालीन सरकार र सुरक्षा अधिकारीमाथि कारबाही सिफारिस गरिएको छ।

प्रतिवेदनमा भावी प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि बयान लिएको उल्लखे छ । जसमा उनले ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्ति आफूले प्रत्यक्ष नभई विरोधस्वरूप सांकेतिक रुपमा लेखेको दाबी गरेका छन्। उनले आन्दोलनलाई समर्थन नगरेको तर शान्तिपूर्ण र्‍यालीप्रति सहमति रहेको बताएका छन्।

Advertisement:

Ad
Ad

यसअघि उनले फोहोर गाडी रोकिने घटनापछि आक्रोशित हुँदै यस्तो स्टाटस लेखेका थिए, जुन पछि हटाइएको थियो।
यस्तो छ बालेनको बयानः 
२०८२ साल भाद्र २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिए। २३ गतेको शान्तिपूर्ण र्‍यालीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन। व्यवसायी र रेष्टुरेन्टहरुले आग्रह गरेपछी महानगर प्रहरी बलले पानी वितरण गरेको हो। 

२३ गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका संचार माध्यमबाट थाहा पाए। मेरो सामाजिक संजालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्यो। जनधनको रक्षाको लागी सामाजिक संजाल मार्फत संयमता अपनाउन अपिल गरेको थिए।

घटनापश्चात महानगर प्रहरी बल लगायत अन्य विभागहरुसँग समन्वय गरी घाइते र मृतकहरुको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो। २४ गतेको घटना दुखद थियो र २३ गते सरकारको अत्याधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ।

२४ गते कामनपाले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो। सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो।

तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ। काठमाडौँ महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदैगर्दा अनावश्यक रोकेपछी विरोधस्वरुप मेटाफोरको रुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा “जलाई दिन्छु” शब्द प्रयोग भएको थिएन।