अर्थमन्त्री खनालले फिर्ता गरे रातो पासपोर्ट

२०८२ फागुन २६ गते

अर्थमन्त्री खनालले फिर्ता गरे रातो पासपोर्ट

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले अर्थमन्त्रीको हैसियतमा पाएको कुटनीतिक राहदानी अर्थात रातो पासपोर्ट परराष्ट्र मन्त्रालयमा फिर्ता गरेका छन् ।मंगलबार मन्त्री खनालले सामाजिक सञ्जालमा आफ्नो राजनीतिक प्रयोजन र कुटनीतिक हैसियत सकिएकाले पासपोर्ट र निवेदन सार्वजनिक गर्दै फिर्ता गरेको जानकारी दिएका हुन् ।

 

Advertisement:

Ad
Ad

खनालको कुटनीतिक राहदानी डिए००२७१० पराराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिएको हो । फागुन २१ गते निर्वाचन सम्पन्न भएपछि आफ्नो उक्त राहदानीको प्रयोजन सकिएको उनको तर्क छ ।