२०८३ साउन २० गते
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै छन् । देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका अधिकारीहरूसँगको छलफल अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्नमा केन्द्रित हुने बताइएको छ।
वाग्लेलेल केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरसँगको नियमितजसो भेटका क्रममा अर्थतन्त्रलाई थप चलायमान बनाउन दिइएको सुझाव अनुरुप कार्यकारी निर्देशकहरुसँग सम्भवतः पहिलो पटक यस्तो छलफल हुन लागेको हो।
अहिले बिहान ९.१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा कार्यक्रम सुरु हुनेछ। सञ्चारकर्मीहरुलाई भने छलफल शुरु हुनुअघि फोटोरभिडियोका लागि प्रवेश दिइएपनि छलफलको दौरान प्रवेश नदिइने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया