प्रधानमन्त्री ओलीले भने, 'म पद छाड्न तयार छु तर युवा पनि आउन तयार हुनुपर्यो'

२०८२ भदौ ०३ गते

प्रधानमन्त्री ओलीले भने, 'म पद छाड्न तयार छु तर युवा पनि आउन तयार हुनुपर्यो'

काठमाडौ । आज (भदौ ३)  देखि सुरु भएको नाडा अटो शो उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नाडाले सही युवालाई नेतृत्व छानेको बताएका छन् ।

मंगलबार काठमाडौंको भृकुटिमण्डपमा १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नाडामा केही गर्नुपर्छ भन्ने भिजन भएका अध्यक्ष युवा जोश जागर भएको बताए ।

Advertisement:

Ad
Ad

उनले भने, यस्तै यूवाहरु आउँनुपर्छ, मैले यसो भनिरहँदा फेरी समाचारका हेडलाइन आफुलेचाहि पद छाडेर यूवालाई किन नदिएको भन्दै आउने होला । म पनि पद छाड्न तयार छु तर त्यसको लागि युवाहरु पनि तयार हुनुपर्यो नी ? 
उनको उक्त अभिव्यक्तिले कार्यक्रममा उपस्थितहरुमा हासोको फोहरा उठेको थियो । 

यस्तै प्रधनमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए  ।उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए  ।