आपतकालिन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा

२०८२ माघ ०१ गते

आपतकालिन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले  आपतकालिन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । 


नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । यो सेवा काठमाडौं  रिङरोड भित्र गम्भीर तथा आकस्मिक अवस्थाका बिरामी तथा घाइतेका लागि मात्र लागु हुने जनाइएको छ । नर्भिकको  निःशुल्क  एम्बुलेन्स सेवा माघ एक गतेदेखि सुरु भएको छ । यो सेवा सातै दिन २४ सै घण्टा सञ्चालन हुने  जनाइएको छ ।

Advertisement:

Ad
Ad


नर्भिकले आपतकालिन अवस्थाका बिरामी वा घाइतेलाई छिटो र सुरक्षित उद्धार गरी विश्वासिलो उपचार सेवा प्रदान गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।