नेपालको आर्थिक पत्रकारितामा फरक आयाम थप्ने उद्देश्यले वाणिज्य पोस्ट डटकम पाठकमाझ आएको छ । विद्युतीय पत्रकारिताको आधार फराकिलो हुँदै गएको विद्यमान परिस्थितिमा अर्थतन्त्रका तीन पक्षहरू आर्थिक नीति निर्माता, निजी क्षेत्र र उपभोक्ताका मुद्दा समेट्ने मुख्य उद्देश्यले वाणिज्य पोस्ट मिडिया प्रालिले आर्थिक अनलाइन ‘वाणिज्य पोस्ट डटकम’ सञ्चालनमा ल्याएको हो।