काठमाडौ । इन्टरनेट सेवा प्रदायक कम्पनी नेपाल वायरलेसको अनुमति खारेज भएको छ । इन्टर्नेट (इमेल सहित) को सेवा सञ्चालन गरेको नेपाल वायरलेसले म्याग्दीबाट ग्रामीण दूरसञ्चार सेवा प्रदायकको रुपमा अनुमतिपत्र (अनुमतिपत्र नं. ग्रामीण/५) पाएको थियो । यसले उक्त अनुमतिपत्रको नवीकरणको लागि तोकिएको अवधि भित्र निवेदन पेश नगरेको तथा नियमानुसार नवीकरण दस्तुर समेत नबुझाएकोले उक्त सेवा प्रदायकलाई प्रदान गरिएको इन्टर्नेट (इमेल सहित) सेवाको अनुमतिपत्र खारेजे भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले सुचना जारी गर्दै भनेको छ, ‘तोकिएको अवधि भित्र निवेदन पेश नगरेको तथा नियमानुसार नविकरण दस्तुर समेत नबुझाएकोले उक्त सेवा प्रदायकलाई प्रदान गरिएको इन्टर्नेट (इमेल सहित) सेवाको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम फागुन १९ गते देखि स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै यस प्रा.लि.ले नियमानुसार तिर्न÷बुझाउन पर्ने रकमका सम्बन्धमा यो सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र यस कार्यालयमा सम्पर्क गर्न सुचित गरिएको छ अन्यथा प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाईने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !