काठमाडौँ। साताको पहिलो कारोबार दिन पनि नेप्सेले गिरावटलाई निरन्तरता दिएको छ । आज नेप्से परिसूचक ५४.६२ विन्दुले घटेर २६१४.६८ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः २.०४ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका १३ वटा उपसमूहमा १३ वटै उपसमूहका परिसूचक घटेका छन् । आज सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.९८ प्रतिशतले घटेको छ।
नेप्स परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन चार अर्ब ५६ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ७२ हजार दुई सय ६५ पटकको कारोबारमा छ अर्ब ३२ करोड बराबरको किनबेच भएको छ । जसमा १३ कम्पनीका शेयर बढेका छन् भने २३० कम्पनीका शेयर घटेका छन् ।
आइतबार सर्वाधिक बढ्ने स्टकमा एनएमबि ५० रह्यो जसको शेयर ३.९४ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा मिथिला लघुवित्त रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको ४२ करोड छ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा घलेम्दी हाइड्रोपावरको शेयर रह्यो जसको चार लाख ५४ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !