काठमाडौ । यही चैत १५ देखि १७ गते सम्म जिरी मेनिया २०२५ हुने भएको छ । नेपालको स्विजरल्याण्ड भनेर परिचित प्राकृतिक रुपमा मनोरम जिरी नगरमा काठमाण्डू लिजेंड्सद्वारा उक्त कार्यक्रम आयोजना हुन लागेको हो ।
नेपालका विभिन्न जिल्ला, मित्र राष्ट्र भारतका विभिन्न प्रान्त, दक्षिण अफ्रिका, अमेरिका, फ्रान्स आदि देशहरुबाट रोयल एनफिल्ड मोटरसाइकलमा सवार भएर आउने २०० बढी पर्यटकहरु यो कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा सहभागीहरुलाई जिरी नगरपालिका जिरी उद्योग बाणिज्य संघ, जिरी होटेल व्यवसायी संघ लगायत अन्य स्थानीय सरोकारवालाहरुले स्वागत गर्नेछन । कार्यक्रम अवधिमा सहभागीहरु जिरी क्षेत्रका रमणीय पर्यटकीय स्थलहरुको भ्रमण गर्नेछन भने स्थानीय सांस्कृतिक कार्यक्रमहरु, लाइभ ब्याण्ड र डिजे मार्फत चलनचल्तीका प्रख्यात गीत संगीतले मरोरंजन लिनेछन् । यस्तै स्थानीय परिकारहरुको स्वाद सँगै कोशेली स्वरुप स्थानीय उत्पादनहरु खरिद गर्न सक्नेछन ।
न्युनतम दर्ता शुल्क तोकिएको यस कार्यक्रम अवधिभर जिरी शहरमा आयोजना हुने विभिन्न खेल र सांस्कृतिक क्रियाकलापहरुमा स्थानीय बासिन्दा र अन्य पर्यटकहरुलाई निःशुल्क रुपमा प्रवेश दिइने भएकोले हजारौंको संख्यामा स्थानीय बासिन्दा र अन्य पर्यटकहरुले पनि मनोरञ्जन लिने विश्वास आयोजकले लिएको छ ।
यस कार्यक्रमले जिरी भ्रमण वर्ष २०२५ लाइ टेवा पुर्याउनुको साथै जिरीको पर्यटन प्रवर्द्धन हुने, देश बिदेशमा प्रख्यात स्थानीय चीज, बटर लगायतका अन्य कृषीजन्य उपजहरुको प्रचार प्रसार हुने र स्थानीय आर्थिक क्रियाकलाप बढाउँन सहयोग पुग्ने पनि अपेक्षा गरिएको छ ।संभवतः जिरीको इतिहामा नै पहिलो पटक हुन लागेको हो । कार्यक्रमका प्रमुख प्रायोजक अल्फा अटोमोटिभ प्रा लि र रोयल एनफिल्ड रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !