काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा ९एसइई० धैर्यताका साथ राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गरेका छन् ।
बुधबार साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी आजदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गरेका हुन्।
“विद्यार्थी भाइबहिनीहरू यही चैत ७ गतेदेखि एसइईको परीक्षा सुरु हुँदैछ । तपाईँहरू त्यसैको तयारीमा जुट्नु भएको छ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “त्यसकारण तपाईँहरूसँग खेर फाल्ने समय छैन । राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुहोस् । मेरो धेरै धेरै शुभकामना छ ।”
प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गार्हो हुने भएकाले त्यसबाट जोगिनसमेत आग्रह गरेका छन् । उनले विद्यार्थीले धेरै परीक्षा उत्तीर्ण गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिनु पनि आग्रह गरेका छन्। “पहिले पहिले एसएलसीलाई फलामे ढोका भन्थ्ये । त्यो शब्दले पनि विद्यार्थीमा अलिकति त्रास पैदा हुन्थ्यो । तपाईँहरू परीक्षासँग नतर्सिनुहोस्,” प्रधानमन्त्रीले भने, “परीक्षा जीवनका कदम कदम मोड मोडमा आइरहने चीज हो । धेरै परीक्षा उत्तीर्ण गरेर तपाईँहरू यहाँ आइसक्नुभएको छ ।”
प्रधानमन्त्री ओलीले अघिल्ला वर्ष एसइईको नतिजा त्यति राम्रो नभएको भन्दै यसपटक आफूले विद्यार्थीसँग राम्रो नतिजाको अपेक्षा गरेको समेत बताएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !