काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, प्रधान कार्यालयका सबै बैंक खाता रोक्का भएका छन् । ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि बैंकहरूले प्राधिकरणको सबै कारोबार रोकिदिएका छन् ।
आयोजनाका ठेकेदार चिनियाँ कम्पनी सिजिजिसीले प्राधिकरणविरुद्ध हालेको रिटमा उच्च अदालतले गत भदौ ३० गते क्षतिपूर्ति दिनुपर्ने आदेश गरेको थियो । तर, प्राधिकरणले पैसा नदिएपछि ठेकेदार कम्पनी पुनः अदालत गएको थियो । सुरुमा ८५ करोड दाबी गरिएको मुद्दामा प्राधिकरणले भुक्तानी नगरेपछि पेनाल्टी सहित १ अर्ब ५९ करोड क्षतिपूर्ति दिन उच्च अदालतले आदेश दिएको थियो ।
प्राधिकरणलाई उक्त रकम भुक्तानी गर्न ७ दिनको समय दिइएको भएपनि खातामा त्यति पैसा नभएपछि प्राधिकरणले सो रकम भुक्तानी गर्न सकेको थिएन । अदालतको आदेशपछि प्राधिकरणका बैंक खाता रोक्का भएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !